शेयरबजार व्यवस्थित गर्न माग गर्दै रिले अनसन

 मंसिर २३, २०७५ आइतबार १२:२०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शेयरबजार व्यवस्थित गर्न माग गर्दै लगानीकर्ताले रिले अनसन सुरु गरेका छन् । शेयर बजार लगातार ओरालो लाग्दा लगानीकर्तालाई अरबौँ रुपैयाँ घाटा लागेको तर सरकारले सुधारको प्रयास नगरेको भन्दै लगानीकर्ताले शेयरबजार परिसूचक नेप्सेको भवनअघि अनसन सुरु गरेका हुन् । 

अनलाइन प्रणाली सुधारसहित १० बुँदे माग राखेर सुरु भएको अनसनमा नेपाल पूँजीबजार संघले पनि ऐक्यबद्धता जनाएको शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले जानकारी दिनुभयो । 

उनीहरुले सरकारले पूँजी बजारसम्बन्धी धारणा तथा नीति स्पष्ट गर्नुपर्ने, अनलाइन कारोबार प्रणालीको पहुँच तत्काल सबै लगानीकर्तासम्म पुर्‍याउनुपर्ने, विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउनुपर्ने शेयर धितो कर्जाको सिमा धितो मूल्यांकनको ८० प्रतिशत पुर्याइनुपर्ने, ग्रेड चार र पाँच रेटिङ प्राप्त गरेका कम्पनीलाई आईपीओ बिक्री गर्न बन्देज लगाउनुपर्नेलगायत माग गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया