सीमा सुरक्षा गर्न आएको सशस्त्र प्रहरी बल तीन महिनादेखि सदरमुकाममै

 मंसिर २३, २०७५ आइतबार १२:४५:५२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने र सीमा रक्षा गर्ने उद्देश्यसहित बैतडीमा आएको सशस्त्र प्रहरी बल गएको तीन महिनादेखि सदरमुकाममै बसेको छ । गएको असोज महिनामा बैतडीमा आएको सशस्त्र प्रहरी बलको गुल्म नेपाल भारत सीमा नाका झुलाघाटमा बस्ने भनिएको थियो । 

नेपाल सरकारले सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयानुसार बैतडीमा पहिलोपटक सशस्त्र प्रहरी बलको गुल्म स्थापना भएको हो । शान्ति सुरक्षा र सीमा अपराध न्यूनिकरणका लागि भन्दै आएको सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेडक्वाटर नं ५१ कार्यालय सदरमुकाममै रहेको छ । सशस्त्र प्रहरीको सुदूरपश्चिम क्षेत्रीय कार्यालयबाट सीमामा बस्नको लागि अनुमति दिन ढिलाई हुदाँ सदरमुकाममै बसेको सशस्त्र प्रहरी नायव उपरीक्षक दुर्गादत्त पन्तले जानकारी दिनुभयो । 

सुरुका केही दिन झुलाघाटमा बस्नको लागि घरको खोजी गर्दा घर नमिलेको र केही दिन अगाडि मात्र घर मिलिसकेकोले अब क्षेत्रले अनुमति दिनासाथ सीमामा जाने सशस्त्र प्रहरी नायव उपरीक्षक पन्तले बताउनुभयो अहिले अर्को व्यवस्था नहुँदासम्मको लागि भनेर सशस्त्र प्रहरी बल साविकको डिभिजन सहकारी कार्यालय र साविकको जिल्ला कृषि विकास कार्यालयको भवनमा बसीरहेको छ ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया