राजिष्ट्रार मल्ललाई निलम्बन गरेको भन्दै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थी र प्राध्यापक  आन्दोलनमा

 मंसिर २३, २०७५ आइतबार १६:६:११ | मुना हमाल
unn.prixa.net

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयका प्रध्यापक र विद्यार्थीहरुले विश्वविद्यालयले नियम विपरित काम गरेको भन्दै आन्दोलित भएका छन् ।

राजनीतिक दम्भको आडमा विश्वविद्यालयका राजिष्ट्रार डाक्टर महेन्द्रकुमार मल्ललाई निलम्बन गरेर शिक्षा संकायका डीन यामबहादुर कार्कीलाई नियुक्ति गरेको भन्दै उनीहरुले आइतबारदेखि विश्वविद्यालयको प्रशासनिक काम र पठनपाठन ठप्प गरेका छन् ।

प्रजातन्त्रवादी प्रध्यापक संघ र नेविसंघलगायत संयुक्त विद्यार्थी संगठनहरुले उपकुलपति डाक्टर उपेन्द्र कोइरालाले नियम विपरीत कार्य गरेको भन्दै सच्चाउन माग गरेका छन् ।

उनीहरुले विश्वविद्यालयका प्रशासनिक निकायमा ताला लगाएका छन् भने आइतबारदेखि अनिश्चितकालका लागि पठनपाठन ठप्प पारेका छन् । ‘रजिष्टार मल्लाई बिना कसुर विश्वविद्यालयले निलम्बन गरेको छ । उहाँलाई हटाउनका लागि जुन षड्यन्त्रण भएको छ ।

‘हामीले यसको विरुद्धमा आन्दोलन सुरु गरेका हाैँ’, नेविसंघ झलक भण्डारीले भन्नुभयो, ‘माग पूरा नभएसम्म हामी आन्दालेन जारी राख्छाँै ।’ विश्वविद्यालयमा राजनीति हाबी गर्न खोजेको उनीहरुको आरोप छ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया