तीन लाख ३५ हजार घुससहित सब ह्युमन रिसोर्स प्रालिका कर्मचारी पक्राउ

 मंसिर २३, २०७५ आइतबार १९:१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौं – वैदेशिक रोजगार विभागले काठमाडौंको बसुन्धारामा रहेको सब ह्युमन रिसोर्स प्रालिका कर्मचारी गणेशबहादुर पटेनीभाटलाई पक्राउ गरेको छ ।

तीन लाख ३५ हजार रुपैयाँसहित उनलाई पक्राउ गरेकोे विभागले जनाएको छ । दुवई जाने कामदारबाट तीन लाख ३५ हजार रुपैयाँ लिँदै गर्दा उनलाई विभागको टोलीले पक्राउ गरेको हो ।

दुवई पठाउन तीन लाख ८० हजार रुपैयाँ उठाउँदै गरेको सूचनाका आधारमा म्यानपावरमा छापा मार्दा उनी पक्राउ परेका विभागका निर्देशक हरिप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । 

सोधपुछका लागि म्यानपावर कम्पनीका सञ्चालक संजितकुमार पतेनीलाई आवश्यक कागजातसहित सोधपुछका लागि बोलाइएको विभागका निर्देशक ज्ञवालीले बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • केदार भण्डारी ( हरि )

    Dec. 9, 2018, 7:10 p.m.

    दिन दिनै यसरी नै पक्राउ गर्ने हो भने त हुने थियो दुबईको लागि security गार्ड मा जाने नेपालिले ४ लाख ८० हजार तिर्नु पर्ने थिएन कि

  •  0 Reply

तपाईको प्रतिक्रिया