चार देशका राजदूतको नाम संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन

 मंसिर २३, २०७५ आइतबार २०:३:२३ | उज्यालो सहकर्मी

काठमाडौं – संसदीय सुनुवाई विशेष समितिले सरकारले सिफारिस गरेको राजदूतको नाम समितिबाट अनुमोदन गरेको छ ।

आइतबार बसेको समितिको बैठकले विभिन्न चार देशका लागि सिफारिस प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको हो । समितिको बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकालको नाम सर्वसम्मत निर्णयबाट अनुमोदन गरेको छ ।

सुनुवाई समितिले आइतबार बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म प्रस्तावित चारैजना राजदूतहरुको पालैपालो सुनुवाइ गरेको थियो । सरकारले सिफारिस गरी पठाएका चारै जनालाई संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया