ला लिगामा रियल मड्रिड चाैथाे स्थानमा उक्लियाे

 मंसिर २४, २०७५ सोमबार ६:५२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

रियल मड्रिड स्पेनिस ला लिगामा हुएस्कालाई १ – ० गोलले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ ।  हुएस्काको मैदानमा रियललाई जित दिलाउन ग्यारेथ बेलकाे एकमात्र गाेल निर्णायक बन्याे ।

रेलिगेसन जाेनमा रहेकाे हुएस्काविरुद्ध रियलले अाठाैँ मिनेटमा गाेल गरेकाे थियाे । बाँकि समयमा गाेल गर्न सकेन । जसका कारण बेलकाे एकमात्र गाेल तीन अंकका लागि पर्याप्त बन्याे ।

याे सिजन खराब फर्ममा रहेकाे रियलकाे लिगमा अाँठाै जित हाे । जितसँगै रियलले १५ खेलबाट २६ अंक जोडेको छ । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ५ अंकले पछि छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया