कस्तो होला आजको मौसम ?

 मंसिर २४, २०७५ सोमबार ७:२७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अहिले काठमाडौंसहित तराईका केही ठाउँमा कुहिरो लागेको छ । आकाश कुहिरोले ढाकेकाले काठमाडौंको तापक्रम हिजोभन्दा केही बढेको छ ।

आइतबार ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम सोमबार ५ डिग्री सेल्सियस पुगेको छ । दिउँसो एकछिन मौसम खुलेजस्तो भए पनि पूर्णरुपमा खुल्ने सम्भावना नरहेको मौसमविद् सुजन सुवेदीले जानकारी दिनुभयो । 

दिउँसो पहाडी भेगमा आशिंक बद्लीको सम्भावना छ । अब चिसो बढ्दै जाने मौसमविद सुवेदीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया