दुई किलो सुनसहित रसुवामा एकजना पक्राउ

 मंसिर २४, २०७५ सोमबार १०:५६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – दुई किलो सुनसहित रसुवामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–१ थुमनका ३७ वर्षका निमा दोर्जे तामाङ रहेका छन् । 

स्याफ्रुबाट काठमाडौँ जान लागेका उनलाई धुन्चेबाट प्रकाउ गरिएको प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताउनुभयो । विशेष सुराकीको आधारमा ना १ ज ६१७६ टाटा सुमोको टिकट काटेर काठमाडौँ जान लागेको बेलामा पक्राउ गरिएको उहाँको भनाइ छ । 

'यसअघि रसुवागढी नाकाबाट सुन तस्करी हुँदै आएकोमा यसपटक भने मालागढीबाट सुन ल्याएको खुलेको छ', उहाँले भन्नुभयो, 'हामी थप अनुसन्धान गरिरहेका छौँ ।’
 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया