प्रधानमन्त्री ओलीद्वारा द्रुतमार्गबारे जानकारी

 जेठ ३१, २०७५ बिहिबार ६:४०:२८ | रासस
unn.prixa.net

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको जंगी अड्डामा राष्ट्रिय महत्वको आयोजना काठमाडौं–तराई÷मधेश द्रुतमार्गबारे जानकारी लिनुभएको छ । 

प्रधानमन्त्री ओलीले बुधबार जंगी खड्डा पुगेर जानकारी लिनुभएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सर्वत्र चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाडाैं–तराई÷मधेश द्रुतमार्ग आयोजनामा नेपाली सेनाले अहिलेसम्म गरेको प्रगति विवरण सम्बन्धमा आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्रबहादुर खाणले जानकारी गराउनुभएको थियो ।

नेपाली सेनाले काठमाडाैं–तराई÷मधेश दु्रतमार्ग आयोजनामा हालसम्म गरेको प्रगति सम्बन्धमा प्रधानमन्त्री विश्वस्त हुनु भएको र उहाँले सरकारबाट निर्माण कार्यमा सहयोगका लागि कुनै पनि कसर बाँकी नराख्ने हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रधुवीर महासेठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र नेपाली सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

2 Comments

  • manish acharya

    June 14, 2018, 7:13 p.m.

    Nepal army ko biswas 6 tyesaile 4 year ma complete gar 6...

  •  0 Reply
  • Tharka Sen

    June 14, 2018, 10:36 a.m.

    Very nice progress Keep it up

  •  0 Reply

तपाईको प्रतिक्रिया