एभरेष्ट प्रिमियर लिगमा चितवनको दोस्रो हार, काठमाडौं ६ विकेटले विजयी

 मंसिर २४, २०७५ सोमबार १३:४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

एभरेष्ट प्रिमियर लिगमा चितवनले लगातार दोस्रो हार ब्यहोरेको छ । सोमबार भएको खेलमा काठमाडौं किङ्सले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवन १९ ओभरमा एक सय ६० रनमा अलआउट भयो । पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेको चितवनका लागि पउल स्ट्रलिङले ३४ रन बनाए । चितवनको स्कोर ६९ रन हुँदा तेस्रो विकेट झर्यो । सन्दिप सुनार २५ रनमा सागर पुनले आउट गरे । चौथो विकेटका लागि जर्ज स्कट र दिपेन्द्र ऐरी विच ४० रनको साझेदारी गरेका थिए चितवनका लागि दिपेन्द्र एेरीले ४५ रन बनाए ।

पुछारका खेलाडी एकपछि अर्को रुपमा आउट भएपछि चितवन पुरै ओभर नखेल्दै अलआउट भयो । उसले पछिल्लो ६ विकेट मात्र ५१ रन जोड्दा गुमायो । चितवनका लागि कप्तान पृथु बास्कोटाले अविजीत २० रन बनाए । बलिङतर्फ प्रदिप साहुले दुई तथा संसद शेखले दुई तथा सागर पुन र केभिन ओब्राइनले एक–एक विकेट लिए ।

जवाफमा काठमाडौंले १८ ओभर चार बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । काठमाडौंले ५३ रन बनाउदा दुई विकेट खेर फाल्यो । ओपनर अमित श्रेष्ठले १८ रन बनाए भने केभिन ओब्राइन ३९ रनमा पेभेलियन फर्किए ।

यस्तै सागर पुनले ३९ रन बनाउदा भारतीय खेलाडी आनन्द सुब्रमन्नियमले आक्रामक ब्याटिङ गर्दै ४३ रन बनाए  । उनले १७ बलमा एक चौका र चार छक्का प्रहार गरे । यस्तै अमरसिंह रौटेलाले २१ रन बनाए । पाँचौ विकेटका लागि रौटेला र आनन्दले ४८ रनको साझेदारी गरेका थिए । बलिङतर्फ चितवनका साहव आलमले दुई विकेट लिए ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया