रुसका एक प्रहरीले ५६ जनाको हत्या गरेको पुष्टि

 मंसिर २४, २०७५ सोमबार १४:३०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ ।

यसअघि पनि उनलाई झण्डै २२ जना महिलाको हत्या गरेको अभियोगमा जन्म कैदको सजाय सुनाइसकिएको छ । मिखाइल पोपकोभ नाम गरेका ती पूर्व प्रहरी अहिले जेलमा सजाय भोगिरहेका छन् ।

ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो । उनी रुसको इतिहासकै एक कुख्यात हत्याराको रुपमा परिचित भएका छन् ।

रुसको इरकुस्तुक अदालतले ती पूर्व प्रहरीलाई सन् १९९२ देखि २००७ को अवधिमा झण्डै ५६ जनाको ज्यान लिएकोमा दोषी ठहर गरेको जनाइएको छ । ती प्रहरी अधिकारीले पीडितमध्ये १० जनालाई बलात्कार गरेको पनि पुष्टि भएको छ ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया