अरुण तेस्रोको कार्यालयमा सकेट बम विस्फोट

 जेठ ३१, २०७५ बिहिबार ७:१४:१७ | रासस

संखुवासभा – अज्ञात समूहले तुम्लिङटारस्थित अरुण तेस्रो आयोजनाको कार्यालय परिसरमा बुधबार तीन वटा सकेट बम विस्फोट गराएको छ । 

बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको र त्याे स्थानमा कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्याम सारुमगरले बताउनुभयो । उहाँका अनुसार तुम्लिङटारस्थित सम्पूर्ण होटल, गाउँ वस्तीमा सुरक्षा जाँच कडा गरिएको छ । 

पटक–पटक सो कार्यालयलाई लक्ष्य गरी बम विस्फोट गराउँदै आएको नेकपा ‘विप्लव समूह’ ले गत वैशाख १८ गते पनि बम विस्फोट गराएको थियो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया