भारतीय विकेटकीपर ऋषभ पन्तको कीर्तिमान : एउटै टेस्टमा सबैभन्दा बढी क्याच लिए

 मंसिर २४, २०७५ सोमबार १७:५८:२८ | एजेन्सी
unn.prixa.net

भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले एकै टेस्टमा धेरै क्याच लिने रेकर्डको बराबरी गरेका छन् । 

भारतले ३१ रनले जितको अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा उनले दुवै पारिमा गरी ११ क्याच लिएका हुन् । पहिलो पारिमा ६ जना ब्याट्सम्यानलाई क्याचआउट गराएका पन्तले दोस्रो पारिमा पाँचौ क्याचको रुपमा मिचेल स्टार्कलाई आउट गर्दै सर्वाधिक ११ क्याच लिने विश्व रेकर्ड बराबरी गरेका हुन् ।

छैटौँ टेस्ट क्रिकेट खेलिरहेका पन्तले  इंग्ल्याण्डका ज्याक रसेल र दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले बनाएको रेकर्ड बराबरी गरेका हुन् ।

यस्तै पन्त भारतको तर्फबाट एउटै टेस्टमा धेरै क्याच आउट गराउने खेलाडी पनि बनेका छन् । यसअघि ऋद्धिमान साहको नाममा १० क्याच आउट थियो । ऋद्धिमानले दक्षिण अफ्रिकाविरुद्ध २०१८ मा रेकर्ड बनाएका थिए । यो रेकर्ड बाब टेलर र एडम गिलक्रिस्टको नाममा पनि छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया