सभागृहमा ‘मरिसकेको मान्छे’

 मंसिर २५, २०७५ मंगलबार ६:२७:७ | सन्जिता देवकोटा

काठमाडौं – काठमाडौंमा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा मंगलबार ‘मरिसकेको मान्छे’ देखाई‌एकाे छ ।

'मरिसकेको मान्छे' मरे भनेर काजकिरिया भैसकेका तर जिउँदै फर्केका र बाँचे भनेर आश गरिएका मानिस पहिले नै मरेको मानिसको कथा हो । पूर्वको मोरङ र पश्चिमको बाग्लुङका अपरिचित दुई परिवारलाई साउदीमा भएको एक सडक दुर्घटनाले एकै ठाउँमा भेटाउँछ ।

दुर्घटनामा एक परिवारले आफन्त गुमाउँछन् । तर लास साटि‌‌दा दुवै परिवारले आफन्त गुमाउनुको पीडा भोग्नुपर्छ । मरिसकेको भनेका मानिस जिउँदै फर्किन्छन् भने जिउँदै छन् भनेका मानिसको आफन्तले लास समेत देख्न पाउँदैनन् । आफन्त गुमाउँदाको पीडा र मरिसकेको मानिस फेरि फर्किएर आउँदाको खुसी यो वृतचित्रमा देखाइएकाे हाे । 

यो वृतचित्र उज्यालो मल्टिमिडियाले उत्पादन गरेको हो । यो वृतचित्रमा समेटिएका विषय उज्यालो अनलाइनमा यसअघि नै प्रकाशित भैसकेको छ । 

साउदीमा तेजेन्द्रको मृत्यु : एकै मानिसका दुईटा लास जले, तर मरेको प्रमाण फेला परेन

हर्कबहादुरका माइला छोराको पुनर्जन्म र बिहे

आफैंले किरिया गरेका पतिसँग फेरि बिहे गरेकी सन्तोषीको प्रश्न : मेरा श्रीमानलाई कसरी जीवित गराउने ?
 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया