बार्सिलोनाले जिरोनाविरुद्धको खेल अमेरिकामा खेल्ने योजना रद्द

 मंसिर २५, २०७५ मंगलबार ७:१५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत जिरोनाविरुद्धको खेल अमेरिकामा खेल्ने योजना रद्द गरेको छ ।

जनवरीमा जिरोनाविरुद्धको खेल अमेरिकाको मायामीमा खेलाउने भने पनि सबैपक्षको सहमति नजुटेको भन्दै बार्सिलोनाले यो योजना कार्यान्वयन नगर्ने भएको हो । बार्सिलोनाको यो योजनामा ला लिगाकोसमेत सहयोग थियो । तर, स्पेनिस फुटबल संघ र खेलाडी संघ भने यसको विपक्षमा थिए । बार्सिलोनाले यो प्रस्ताव फिर्ता लिएको जनाएको छ ।

‘यो परियोजना सबै पक्षको सहमति विना सम्भवन छैन,’ विज्ञप्तिमा बार्सिलोनाले भनेको छ । ला लिगाले मिडिया कम्पनी रिलेभेन्टसँग सिजनको एउटा खेल मायामीमा खेलाउनले १५ वर्षको सम्झौता गरेको थियो । जसमा गिरोना र बार्सिलोनाले हार्ड रक स्टेडियममा खेल्नका लागि सहमति जनाइसकेका थिए ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया