तान्जानियामा अज्ञात रोगबाट आठ हात्ती मरे

 मंसिर २५, २०७५ मंगलबार ७:४७:१८ | रासस
unn.prixa.net

तान्जानियाको नगोरोङगोरो जिल्लामा अज्ञात रोगको कारण आठ हात्ती मरेका छन् । स्थानीय अधिकारीहरुले अज्ञात रोगका कारण हात्तीहरु मरेको घटनाले आफूहरुलाई चिन्तित बनाएको आइतबार बताएका छन् । 

वन्य जीवजन्तु उप प्रमुख जोसेफ मेङ ओरोले यस घटनाको विषयमा थप विवरण आउन बाँकी नै रहेको जानकारी दिए। साथै यस अज्ञात रोगबाट थप हात्तीको हताहतको आशङ्कासमेत उनले व्यक्त गरेका छन् । 

तान्जानिया वन्यजन्तु अनुसन्धान निकायले यस अज्ञात रोगबाट स्तनधारी हात्तीको मृत्यु भएको पुष्टि गरेको छ । घटनाका बारेमा प्रमाणहरु सङ्कलन गर्ने र कारण पत्ता लगाउने तथा थप फैलिन नदिनका लागि नियन्त्रण गर्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए । 

नाकबाट रक्तश्राव हुने, चक्कर आएजस्तो गर्ने, छटपटीनेलगायतका अस्वभाविक र अप्ठ्यारो भएजस्ता गतिविधि देखाउने गरेको समाचारमा जनाइएको छ । 
 

अन्तिम अपडेट: फागुन ३, २०७५

तपाईको प्रतिक्रिया