काठमाडौंको तापक्रम ४ डिग्रीमा झर्‍याे

 मंसिर २५, २०७५ मंगलबार ८:२२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मंगलबार काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको छ । सोमबार ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको न्युनतम तापक्रम मंगलबार ४ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौंसहित देशैभरि जाडो बढ्दै गएको छ । दिनहुँजस्तै तापक्रम घट्न थालेपछि चिसो बढेको मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । 

मंगलबार पूर्वी पहाडी भेगमा भने हल्का पानी पनि पर्न सक्ने सम्भावना छ । मंगलबार राति पहाडी र उच्च हिमाली भेगमा हिमपातकोसमेत सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया