बाजुरामा आगलागी हुँदा एक घर जलेर नष्ट

 मंसिर २५, २०७५ मंगलबार १०:३५:५३ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – बडिमालिका नगरपालिका–९ मा सोमबार राति आगलागी हुँदा एक घर जलेको छ । आगलागीमा घरमा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । स्थानीय जंग विकको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

आगलागी कसरी भयो भन्नेबारे र क्षतीको विवरणबारे जानकारी आई नसकेका प्रहरी नायब उपरीक्षक उद्दवसिंह भाटले बताउनुभयो । आगलागीमा मानवीय क्षती भएको छैन । 
 

अन्तिम अपडेट: चैत १, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया