पानीमा डुबेर ज्यान गुमाएका पुनकाे अाफन्त सम्पर्कमा अाएनन्

 मंसिर २५, २०७५ मंगलबार १०:४७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – चार दिनअघि गढवा गाउँपालिका वडा नम्बर ५ धर्मपुरमा पानीको कुलाेकाे डुबेर ज्यान गुमाएका वृद्धका अाफन्त सम्पर्कमा अाएका छैनन् ।

साविक झेनाम गाविस वडा नम्बर ९ रातामाटा, रोल्पा निवासी झन्डै ६० वर्षीय मनबहादुर पुन मगरकाे पानीमा डुबेकाे अवस्थामा शव फेला परेकाे र शव लमही अस्पतालकाे शव गृहमा राखिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गाेलेले जानकारी दिनुभयाे ।

धर्मपुर गाउँमा मागेर जिविका चलाउँदै अाएका वृद्धले अाफ्नाे घर राेल्पा भएकाे बताउँदै अाएका थिए । प्रहरी गाेलेले भन्नुभयो, 'राल्पामा सम्पर्क गर्दै छाै ।'
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया