संवैधानिक परिषद्को बैठक आज बस्दै

 मंसिर २५, २०७५ मंगलबार १३:२८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बेलुकी ५ बजेपछि बस्ने बैठकले नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सम्भावना छ ।

भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्न यसअघि बसेको बैठकले सहमति गर्न नसकेपछि मंगलबाट फेरि परिषदको बैठक बस्न लागेको हो । प्रधानन्यायधीशका लागि न्याय न्याय परिषदले चोलेन्द्रसमशेर जवरा र दिपकराज जोशीको नाम सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आउँदो पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्नुपर्नेछ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया