भारतीय ट्रकले ठक्कर दिँदा बाबु र छोराको ज्यान गयाे

 मंसिर २५, २०७५ मंगलबार १५:३१:२८ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

झापा – भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा मंगलबार दिउँसो बाबु र छोराको ज्यान गएकाे छ । 

ठक्करबाट मोटरसाइकलमा सवार दुवैको ज्कोयान गएकाे इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–९, का ६३ वर्षीय धनप्रसाद गिरी र उहाँका २९ वर्षीय छोरा हेमचन्द्र रहेका छन् ।

ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक एक्तेनले बताउनुभयो ।

एचआर २७ जे ०६२५ नम्बरको मालबाहक भारतीय ट्रकले दमकको पश्चिम बस रोक्ने ठाउँमा दिउँसो को ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । 

अन्तिम अपडेट: पुस १६, २०७५

तपाईको प्रतिक्रिया