शेयर बजार घट्यो

 मंसिर २५, २०७५ मंगलबार १६:३३:१० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – आइतबार र सोमबार उकालो लागेको शेयर बजार मंगलबार भने पुनः ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक तीन दशमलव शून्य आठ बिन्दुले घटेर एक हजार १ सय ४१ दशमलव १० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत मंगलबार शून्य दशमलव ७६ बिन्दुले घटेको छ । कुल १ सय ६४ कम्पनीको १२ लाख ८६ हजार ५ सय ७५ कित्ता शेयर ३८ करोड ३२ लाख ९३ हजार १ सय २० मूल्यमा खरीद बिक्री भएका छन् ।

स्टककाअनुसार कारोबार भएका दश उपसमूहमध्ये मंगलबार तीन उपसमूहको मात्रै शेयर कारोबारमा वृद्धि भएको छ । त्यसमा वित्त शून्य दशमलव १७, उत्पादन १३ दशमलव ८१, अन्य शून्य दशमलव ६२ बिन्दुले बढेको छ ।

बैंकिङ दुई दशमलव ६८, होटल १४ दशमलव ६८, विकास बैंक एक दशमलव ९३, जलविद्युत् तीन दशमलव आठ, निर्जीवन बीमा २८ दशमलव नौ, लघुवित्त १० दशमलव २५ र जीवन बीमा २५ दशमलव ७३ बिन्दुले घटेको छ ।

घटेको बजारमा गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, प्रोग्रेसिभ फाइनान्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सेन्ट्रल फाइनान्स कम्पनीका शेयरधनीले कमाएका छन् ।

मन्जुश्री फाइनान्स कम्पनी, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था, पञ्चकन्या माई हाइड्रो पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । 


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया