कर्मचारी समायोजनमा सरकारको कदम : देशैभर कर्मचारी सरुवा रोकियो (पत्र र निर्देशनसहित)

 मंसिर २५, २०७५ मंगलबार १९:३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन प्रक्रिया पूरा नभएसम्मका लागि सरुवा रोक्न सरकारका सबै निकायलाई पत्राचार गरेको छ ।

अहिले कर्मचारी सरुवा गर्दा समायोजमा असर पर्न सक्ने भन्दै समायोजनको पूर्ण कार्यान्वय अघि सरुवा नगर्न पत्राचार गरेको हो । समायोजनको लागि कर्मचारीको विवरण अद्यावधिक गर्नुपर्ने र यस्तो बेलामा सरुवा हुँदा समस्या पर्ने भएकाले नयाँ कदम चालिएको मन्त्रालयले जनाएको छ ।

माघ १५ गतेभित्र कर्मचारी समायोजनको काम सक्ने लक्ष्य अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन सुरु भैसकेको पनि मन्त्रालयको दावी छ । यो विषयमा ८८ हजार भन्दा धेरै कर्मचारीलाई एसएमएसमार्फत जानकारी गराइएको मन्त्रलायले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै मन्त्रालयले जिल्ला समन्वय समितिहरुलाई आफ्नो जिल्लाका स्थानीय तहमा रहका कर्मचारीको विवरण १५ दिनभित्र पठाउन पनि निर्देशन दिएको छ । 

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया