अवैध लागुऔषधसहित एकजना पक्राउ

 मंसिर २५, २०७५ मंगलबार १९:५५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ४ मा रहेको कल्टुदास पोखरीबाट अवैध लागुऔषधसहित एकजना युवक मंगलबार साँझ पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ८ निवासी २७ वर्षका संजय यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीको गस्ती टोलीले चेकजाँचको क्रममा यादव चढेको स. ५ प ८२७९ नम्बरको मोटरसाइकलसहित फेनाग्रन लेखिएको ९० थान, डिजाल्याब लेखिएको ९० थान , लिफजेसिस लेखिएको ९० थान अवैध लागुऔषध समेत बरामद गरेको छ ।

पक्राउ परेका युवकलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ । त्यसैगरी  कर्तव्य ज्यानका फरार रहेका एकजना प्रतिवादी अभियुक्त पक्राउ परेका छन ।

हत्याका अभियुक्त पक्राउ

प्रहरीले सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ राजदेवी टोलका भानाला यादवका २५ वर्षका छोरा प्रेमकुमार यादवको हत्यामा संलग्न रहेको आरोपमा फरार प्रतिवादी राजविराज नगरपालिका वडा नम्बर ११ फर्सैठ निवासी हरि नारायण यादवका छोरा आनन्दकुमार यादवलाई पक्राउ गरेको हो । 

यादव सुनसरीको कोशी गाउँपालिका वडा नम्बर १ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका यादवलाई सप्तरी जिल्ला अदालतको आदेशमा थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया