बार्सिलोनासँग बराबरीमा रोकियो टोटनह्याम, हेड टु हेडका कारण नकआउट चरणमा

 मंसिर २६, २०७५ बुधबार ७:११:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा समूह बीबाट बार्सिलोना विजेता र टोटनह्याम उपविजेताका रुपमा अन्तिम १६ मा पुगे । जसमा टोटनह्यामलाई नकआउट चरणमा पुर्याउन समूहको अन्तिम खेलमा इन्टर मिलानले पनि सहयोग गर्‍याे । 

टोटनह्यामले बार्सिलोनासँग एक एकको बराबरी खेल्दा जित आवश्यक रहेको इन्टर मिलानले पनि पीएसभीसँग बराबरीमा नै चित्त बुझायो । नकआउट चरणमा पुग्न टोटनह्यामलाई जित्नुपर्ने वा बराबरी खेले इन्टर मिलान पनि बराबरीमा रोकिनुपर्ने अवस्थामा त्यस्तै भयो । 

खेलको सातौ मिनेटमा बार्सिलोनाले डिम्बेलेको गोलमार्फत अग्रता बनाएको थियो । तर खेलको अन्त्य अन्त्यतिर लुकास मोउराले गोल गर्दै खेल बरारबरी गरे ।

जसका कारण उसले च्याम्पियन्स लिगमा तेस्रो पटक नकआउट चरणमा स्थान बनायो । यता बार्सिलोना च्याम्पियन्स लिगमा लगातार २९ खेलमा घरेलु मैदानमा पराजित रह्यो । यता इन्टर मिलानले पिएसभीसँग एक एकको बराबरी खेले पनि हेड टु हेडका आधारमा पछि पर्‍याे ।

अन्य खेलमा बोरुसिया डर्टमुन्डले मोनाकोलाई दुई शून्यले हराउदै समुह एबाट विजेताका रुपमा अन्तिम चारमा पुग्यो । यो समूहबाट एट्लेटिको मड्रिड उपविजेता बन्यो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया