बुधबारको तुलनामा रियाल, रिंगिट र दिर्हामको मूल्य बढ्यो, काेरियन वन केही कमजोर

 जेठ ३१, २०७५ बिहिबार १०:२५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ७८ पैसा र विक्रिदर २८ रुपैयाँ ९४ रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ६४ पैसा र विक्रिदर २९ रुपैयाँ ८० पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ३९ पैसा र विक्रिदर २९ रुपैयाँ ५५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०२ पैसा र विक्रिदर २७ रुपैयाँ १७ रहेको छ । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९६ पैसा र विक्रिदर १० रुपैयाँ ०१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५७ रुपैयाँ ०५ पैसा छ भने विक्रिदर ३ सय ५९ रुपैयाँ ०३ पैसा रहेको छ । 

बहराइन दिनार एकको खरिददर २ सय ८५ रुपैयाँ ६६ पैसा र विक्रिदर २ सय ८७ रुपैयाँ २५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Sankar Rai

    June 14, 2018, 2:26 p.m.

    यहाँ तोकिएको र बैंकमा समान रेट कहिले पनि पाइएको छैन सो यस्तो समचार फेक हो कि भन्ने लाग्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया