मौसममा बदली, मध्य र पश्चिमका केही ठाउँमा फाट्टफुट्ट पानी पर्न सक्ने

 मंसिर २६, २०७५ बुधबार ७:२४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बुधबार देशभरी कै मौसम खुल्ने संभावना कम रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण बिहानैदेखि देशभरी कै मौसम बदली भएको छ । बुधबार मध्य र पश्चिमको केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने तथा हिमाली भेगमा हिमपातको संभावना रहेको मौसमविद् विभूति पोख्रेलले बताउनुभयो । 

उहाँका अनुसार पहाडी भूभागमा पश्चिमी वायुको असर बिहीबार बेलुकीसम्म नै देखिए पनि अरु ठाउँमा भने बुधबार बेलुकीदेखि मौसम खुल्नेछ । काठमाडौंको बिहानको तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौंको तापक्रम मंगलबार ४ डिग्री मापन गरिएको थियो । यस्तै जुम्लाको तापक्रम माइनस ४ डिग्री, जोमसोमको माइनस ३ दशमलव ८ डिग्री र जीरीको माइनस शून्य दशमलव ५ डिग्री पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया