प्रदेश पाँच : प्रदेश सभाको हिउँदे अधिवेशसन सुरु हुँदै

 मंसिर २६, २०७५ बुधबार १०:५७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – प्रदेश नम्बर पाँचको प्रदेशसभाको तेस्रो अधिवेशन बुधबार प्रदशसभा भवन बुटवलमा सुरु हुदैछ । दिउँसो १ बजेका लागि प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्नुभएको छ ।

बुधबारको पहिलो बैठकमा प्रदेश ५ जाँचबुझ आयोग गठन, काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर ५ संघसंस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित मन्त्रीले पेश गर्ने कार्यसूचि छ । यो अधिवेशनलाई प्रदेश सरकारले विधेयक अधिवेशन बनाउने तयारी गरेको छ ।

दोस्रो अधिवेशनमा प्रदेश सरकारले प्रदेशसभालाई बिजनेस नदिएको भन्दै आलोचना भएको थियो । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले पहिलो बैठकमा विधेयक हुनका साथै प्रदेश ५ को नामाकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको संयोजक चयन तथा म्याद थपबारे संसदलाई जानकारी गराउने कार्यसूचिसमेत रहेको बताउनुभयो । गएको साउन २४ गते प्रदेश सभाको दोस्रो अधिवेशन सकिएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया