जन्ती लिएर आएका आदित्यनाथले गरे जानकी मन्दिरमा पूजा

 मंसिर २६, २०७५ बुधबार १२:१२:७ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - भारतको अयोध्याबाट जन्ती लिएर जनकपुर आइपुग्नु भएका योगी आदित्यनाथले जानकी मन्दिरमा पूजा गर्नुभएको छ । 

बिहान जन्तीसहित भारतको अयोध्याबाट आउनु भएका उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्दिरमा पूजा गर्नुभएको हो । पूजा पश्चात अहिले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना गर्नुभएको दिवा भोजमा सामेल हुनुभएको छ । जनकपुरको मधेस भवनमा भोज आयोजना गरिएको छ । 

योगी आदित्यनाथले विवाहपञ्चमीमा सहभागी हुनजनकपुर पुग्नुभएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग भेटघाट पनि गर्नुभएको छ । 

त्रेता युगमा प्राचिन मिथिलाको राजधानी जनकपुरमा राम सीताको विवाह भएको जसरी नै रामजानकीको डोलालाई जनकपुरमा स्वंयम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने परम्परा छ ।  

दिउँसो साधुसन्तको अगुवाईमा झाँकी र किर्तनसहित राम मन्दिरबाट  रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निकालेर बाह्रविघा रंगभूमि मैदानमा स्वयमबर गर्ने गरिन्छ ।

रामजानकीको स्वयम्बरपछि डोलालाई नगर परिक्रमा गरेर जानकी मन्दिरमा पुगेपछि आज राति राम र सीताको विवाह गर्ने तयारी छ । सप्ताहव्यापी रुपमा मनाईने रामजानकी विवा हपञ्चमी महोत्सव अन्तर्गत आज रामजानकीको विवाहपछि जन्ती एवं साधुसन्तलाई विदाइ गर्दै विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ । 
 

अन्तिम अपडेट: फागुन १३, २०७५

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्छ। 

तपाईको प्रतिक्रिया