सामान खरिद गर्ने बहानामा चाेरी गर्ने ५ जना महिला पक्राउ

 मंसिर २६, २०७५ बुधबार १३:२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – घोराही बजारबाट सामान खरिद गर्ने बहानामा चोरी गरेको आरोपमा प्रहरीले ५ जना महिलालाई पक्राउ गरेको छ  । 

ती महिलाहरुले पसलमा गएर एकजनाले व्यापारीहरूलाई सामान देखाउन भनी अलमल्याउने र अन्य महिलाहरूले व्यापारीले थाहा नपाउने गरी सामान चोरी गर्ने गरेको प्रहरीको भनाई छ ।

ती महिलाहरुले चोरी गरेका ४ थान ब्ल्या‌ंकेटसमेत बरामद गरेको छ । घोराही वडा नंं. १५ मा रहेकाे बजारबाट गएकाे २३ गते आइतबार पक्राउ गरी मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । उनीहरुको नाम र ठेगाना भने गोप्य राखिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया