मधेश भवनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई अभिनन्दन र भोजन

 मंसिर २६, २०७५ बुधबार १३:१६:५७ | शैलेन्द्र महतो

धनुषा – भारतको अयोध्याबाट जन्ती लिएर जनकपुर आइपुग्नु भएका योगी आदित्यनाथले जानकी मन्दिरमा पूजा गर्नुभएको छ । 

बिहान जन्तीसहित भारतको अयोध्याबाट आउनु भएका उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्दिरमा पूजा गर्नुभएको हो । पूजापश्चात अहिले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना गर्नुभएको दिवा भोजमा सामेल हुनुभएको छ । जनकपुरको मधेश भवनमा भोज आयोजना गरिएको छ । 

त्यस्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई मधेश भवनमा अभिनन्दनसमेत गरिएको छ । उहाँलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन रवीन्द्र अधिकारीले अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो । 

योगी आदित्यनाथले विवाहपञ्चमीमा सहभागी हुनजनकपुर पुग्नुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग भेटघाट पनि गर्नुभएको छ ।


 

अन्तिम अपडेट: बैशाख १, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया