दुर्घटनामा एक युवकको ज्यान गयो

 मंसिर २६, २०७५ बुधबार १३:३०:३९ | आशिष विश्वकर्मा

सिरहा – पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका –१०, सोनापुरमा सडक दुर्घटनामा परि एक युवकको ज्यान गएको छ । 

को १८ प ३९११ नम्बरको स्कूटरमा सवार सप्तरी तिलाठीका ३५ वर्षीय सुमन साहको ज्यान गएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । सडक किनारमा बिहान स्थानीयले स्कूटीसँगै शव देखेपछि प्रहरीलाई खबर गरेको थिए । 

दुर्घटना कसरी भएको भन्ने अझै खुलिनसकेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी राजेश थापाले जानकारी दिनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले मृतकको आफन्त आउँदै गरेकोले घटना कतिबेला भएको भन्नेसम्म पत्ता लगाउन सकिने जनाएको छ ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया