महोत्तरीमा एक पुरुषको हत्या

 मंसिर २६, २०७५ बुधबार १५:९:३७ | धनवीर महतो

महोत्तरी – महोत्तरीमा एक युवकको हत्या भएको छ । 

महोत्तरीको औरही नगरपालिका– २, फूलवरिया बस्ने ४० वर्षीया बेचु महतोको हत्या भएको हो । बचुको शव बुधबार बिहान गाउँबाट ७ सय मिटर पूर्व उखु खेतमा फेला परेको हो । 

काउली खेतमा नीलगाई धपाउन गएका बेचुको उखुघारीमा हत्या भएको अवस्थामा शव फेला परेको हो । घाँटीमा डाम देखिएकाले कसैले घाँटी थिचेर हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले बताउनुभयो । 

शवलाई पोस्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया