ईपीएल : काठमाडौंविरुद्ध शानदार जित निकाल्दै प्लेअफमा पुग्यो ललितपुर

 मंसिर २६, २०७५ बुधबार १६:०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एभरेष्ट प्रिमियर लिग अन्तर्गत ललितपुुर प्याट्रियट्सले काठमाडौं किंग्सलाई १० विकेटको भारी अन्तरले हरायो । जितसँगै ललितपुरले प्रतियोगिताको प्लेअफको यात्रा पक्का पारेको छ । 

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं २० ओभरमा एक सय ८ रनमा अलआउट भयो । उसले १३ रन बनाउँदा तीन विकेट खेर फाल्यो । ओपनर अमित श्रेष्ठ ६ रनमा आउट भए भने सागर पुनले खाता खोल्न सकेनन् । लगत्तै नरेश बुढाएरले आउट भए ।

सुब्रमनियम आनन्दले पनि मात्र नौ रन बनाए । प्रविन साहुले खाता खोल्नै नसक्दा काठमाडौंले ७१ रनमा ७ विकेट गुमायो । काठमाडौंका लागि कप्तान केभिन ओब्राइनले ४२ रन बनाउदा सिद्धान्त लोहनीले २१ र शंसद शेखले १० रन मात्र बनाए । बलिङमा पवन सर्राफले तीन तथा रासिद खान र योगेन्द्र कार्कीले दुई–दुई विकेट लिए । 

१०९ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ललितपुरले १० ओभर ३ बलमै बिना विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

ललितपुरले जयकिशन कोल्सावाला र गौरव तमोरको उत्कृष्ट साझेदारीका कारण ललितपुरले १० ओभर तीन बलमै लक्ष्य पूरा गर्यो । जसमा जयकिशनले अविजित २७ र तोमरले अविजीत ८० रन बनाए ।  
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया