भरुवा बन्दुकसहित एक जना पक्राउ

 जेठ ३१, २०७५ बिहिबार ११:३८:१६ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा – डडेल्धुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । बुधबार अस्थायी प्रहरी पोस्ट भद्रपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ५२ वर्षीय राजबहादुर चन्दलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।

चन्दलाई प्रहरीले रानीवन सामुदायिक वनमा अवैध रतुवा, भरुवा बन्धुक एक थान, १ सय १० ग्राम बारुद र ६ वटा सिसाको गोलीसहित प्रक्राउ गरिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।

उनलाई हातहतियार खरखजना ऐन २०२९ बमोजिम जिल्ला प्रशासन कार्यालयमा कारवाही हुने र वन्यजन्तु मारेकोमा वन्यजन्तु संरक्षण ऐन २०२४ अनुसार वन कार्यालयले कारवाही गर्ने प्रमुख प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया