कपनबाट पेस्ताेलसहित एक जना पक्राउ
चैत १६, २०८० शुक्रबार
इण्डियन प्रिमियर लिग आईपीएलको ११औँ सिजनका लागि खेलाडीको लिलामी १८ डिसेम्बरमा हुँदै छ ।
पहिलो पटक आईपीएलको लिलामी प्रक्रिया बेंग्लोरबाहिर हुँदैछ । लिलामीका लागि १ हजार ३ जना क्रिकेटरले आवेदन दिएका थिए । जसमध्ये सबै फ्रेन्चाइजीहरु मिलेर खेलाडीको शर्टलिस्ट तयार पारी भारतीय क्रिकेट बोर्ड बीसीसीआईलाई बुझाएका थिए । शर्टलिस्टमा परेका ३४६ खेलाडीको लिलामी हुन लाग्दा सबैभन्दा महंगा खेलाडीका रुपमा भारतका कोही पनि क्रिकेटर परेका छैनन् ।
२ करोड भारतीय रुपैयाँ सुरुवाति मूल्य तोकिएका खेलाडीमा ९ जना भारत बाहिरका रहेका छन् । जसमा न्यूजिल्याण्डका पूर्व कप्तान बेन्डन म्याकुलम, इंग्ल्याण्डका अलराउण्डर क्रिस बोक्स, श्रीलंकका फास्ट बलर लासिथ मालिंगा, अष्ट्रेलियाका शान मार्श, डार्सी शट, न्यूजिल्याण्डका कोरी एन्डरसन, कालिन इंग्राम र इंग्ल्याण्डका स्याम करन समावेश छन् ।
यसैगरी १ करोड ५० लाख न्यूनतम मूल्य तोकिएका खेलाडीमा भारतका एक जना मात्रै परेका छन् भने ९ जना भारत बाहिरका खेलाडी छन् । लिलामीको सबैभन्दा बढी मूल्य भारतीय तीव्र गतिका बलर जयदेव उनादकट रहेका छन् । उनको न्यूनतम मूल्य १ करोड ५० लाख भारु तोकिएको छ ।
उनी गएको सिजमा राजस्थान रोयल्सबाट १ करोड १५ लाखमा खेलेका थिए । उनी गएको सिजनमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको २९ औं स्थानमा रहेका थिए । १५ खेलमा उनले ११ विकेट लिन सफल भएका थिए ।
यसैगरी किंग्स इलाभेन पञ्जाबका पूर्व अलराउण्डर युवराज सिंह र स्पिनर अक्षर पटेलको मूल्य १ करोड तोकिएको छ । यसैगरी विकेटकिपर ऋद्धिमान साह र मोहम्मद शामीको मूल्य पनि १ करोड तोकिएको छ । पछिल्लो सिजमा युवराजलाई २ करोडमा पञ्जाबले खरिद गरेका थियो । तर उनले ८ खेलमा जम्मा ६५ रन बनाएका थिए ।
यस्तै अनक्याप्ड खेलाडीको रुपमा २०१ जना भारतीय तथा २७ विदेशी खेलाडीहरुलाई लिलामीका लागि राखिएको छ ।