महिलालाई बलात्कार गरेर भिरबाट खसालेको आरोपमा एकजना पक्राउ

 मंसिर २६, २०७५ बुधबार २०:४:११ | नवदीप अजनबी

नुवाकोट – नुवाकोटमा एक महिलाको बलात्कारपछि हत्या प्रयास भएको छ ।

महिलालाई बलात्कारपछि हत्याको प्रयास गरेको आरोपमा प्रहरीले विदुर नगरपालिका–३, पीपलडाँडाका ५० वर्षीय रामशरण नेपालीलाई बुधबार गिरफ्तार गरेको छ । 

मंगलबार साँझ माइतीबाट फर्कँदै गर्दा विदुर नगरपालिका–३, पीपलडाँडाकी ५७ वर्षीया महिलालाई स्थानीय जंगलमा बलात्कार गरी  हत्या गर्न भिरबाट खसालेर घाइते बनाएको नेपालीमाथि आरोप छ । घाइते अवस्थामा उद्धार गरिएकी महिलालाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

घाइते महिलालाई स्थानीयले उद्धार गरी त्रिशूली जिल्ला अस्पतालमा उपचार गर्न ल्याएका थिए । यहाँ प्राथमिक उपचार गरी थप उपचार काठमाडौंको ट्रमा सेन्टरमा भइरहेको प्रहरीले जनाएको छ । आरोपित नेपालीलाई प्रहरीले बलात्कार र हत्या प्रयासमा मुद्धा चलाउन अनुसन्धान थालेको जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया