एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

 मंसिर २७, २०७५ बिहिबार १०:१:४२ | मनिराज पाण्डे
unn.prixa.net

कालिकाेट - दैलेखमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

सुर्खेतमा बिरामी पुर्‍याएर फर्कँदै गरेको जिल्ला अस्पताल कालिकोटको बा २ ज १७४० नम्बरको एम्बुलेन्स दैलेखको गुराँसे गाउँपालिका ४ लाठेमा दुर्घटना हुँदा कालिकोटको खाँडाचक्र नगरपालिका २ का शैलेश विष्टको ज्यान गएको प्रहरीले जनाएको छ ।

चालक गणेश खड्का भने सामान्य घाइते हुनुभएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया