प्रधानमन्त्री ओलीको योजनालाई सघाएर काम गर्न तयार छौँ : राजदूत रिचर्ड

 मंसिर २७, २०७५ बिहिबार १०:५५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – नेपालका लागि बेलाएतका राजदूत रिचर्ड मोरिसले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई आफूहरुले सघाएर काम गर्नका लागि तयार रहेको बताउनुभएको छ । 

मकवानपुर उद्योग वाणिज्यसंघको आयोजनामा बिहीबार हेटौंडामा भएको पत्रकार समेलनमा बोल्दै उहाँले नेपालका सडक निर्माण र खानेपानीको क्षेत्रमा धेरैतिर काम गरिरहेको बताउनुभयो । नेपालसँगको सम्बन्ध २ सय २ वर्ष लामो रहेको बताउँदै नेपालमा एक हजार किलोमिटर सडक निर्माण गरिदिएको र अरु क्षेत्रमा पनि धेरै खालका काम भएको बताउनुभयो ।

भूकम्पछिमात्रै बेलायत सरकारले नेपालमा २ सय ५० वटा खानेपानीका योजना निर्माण गरेको र प्रदेश तीनमा मात्र एक सय ३० किलोमिटर सडक निर्माण गरिएको राजदूत मोरिसले बताउनुभयो । नेपालमा आएपछि काठमाडौंलाई मात्र भन्दा पनि पुरै नेपालको समस्यालाई हेरेर काम गरिने उहाँको भनाइ छ ।

तीन नंम्बर प्रदेश सरकारले लगानीका लागि उचित वातावरण बनाएमा काम गर्नका लागि आफूहरु तयार रहेको पनि उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय लगानीका लागि यहाँको औद्योगिक वातावरण राम्रो हुनुपर्ने उहाँले बताउनुभयो । 

बिहीबार बिहान राजदूत माेरिसले तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग भेट गर्नुभएको थियो । बुधबार उहाँले आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, जिल्ला समन्वय समिति र स्थानीय तहका पदाधिकारीहरुसँग भेट गर्नुभएको थियो ।  
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया