चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशमा सिफारिस

 मंसिर २७, २०७५ बिहिबार ११:४२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । 

पटकपटक स्थगित हुँदै आएको संवैधानिक परिषदको बिहीबार बसेको बैठकले राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।  

परिषद सदस्यको कार्यव्यस्तताका कारण भन्दै यसअघि ५ पटक समितिको बैठक सरेको थियो । एक महिना अघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने भए पनि परिषद बैठक बस्न नसक्दा प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको थिएन । 

अहिलेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आउँदो पुष १७ गतेबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । नयाँ प्रधानन्यायधीशका लागि न्याय परिषदले चोलेन्द्रसमशेर जवरा र दिपकराज जोशीको नाम सिफारिस गरेको थियो ।

दीपकराज जोशी यस अघि नै संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएकाले परिषद्ले जबराको नाम प्रधानन्यायाधीशमा सिफारिस भएको हो । 

२०१४ साल मंसिर २८ गते काठमाडौंको सुकेधारामा जन्मनु भएका जबराले २०७१ सालदेखि सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आउँदो पुस १७ गतेबाट अवकाश पाउँदै हुनुहुन्छ । संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेका जबरालाई संसदीय सुनुवाइ विशेष समितिले स्वीकृत गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
 
  

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया