भारतका पहिलाे गार्इमन्त्रीले चुनाव हारे

 मंसिर २७, २०७५ बिहिबार १४:५०:५५ | एजेन्सी
unn.prixa.net

भारतका एक मात्र गाईमन्त्रीले राजस्थानबाट चुनाव हारेका छन् । ओताराम देवासीको कार्यकाललाई निकै नै विवादास्पद मानिएको थियो किनकि उनको कार्यकालमा सयौं गाईहरु भोकभोकै मरेका थिए ।

सेतो धोती रातो पगरीमा हातमा लट्ठी बोकेका अवस्थामा देखिने ओताराम देवासी चुनावमा स्वतन्त्र उम्मेदवारसँग १० हजार मतले हारेका थिए । राजस्थानमा विगतका केही वर्षमा गाईको सुरक्षाका सम्बन्धमा थुप्रै हिंसात्मक गतिविधिहरु भइसकेका छन् र मानिसहरुले दंगाका कारण मरेका गाईको मासु काटेर लैजाने कामसम्म गरेका देखिएकाे छ ।

गएको वर्ष अल्वरको व्यस्त राजमार्गमा एकजना मुसलमान दुग्ध किसानलाई कुटी कुटी हत्या गरिएको थियो । मेवाट राज्यको अल्वरमा गाईको हिंसासम्बन्धी घटनाहरु सबैभन्दा धेरै भएको पाइएको छ । सन् २०१५ मा राजस्थानमा पहिलोपल्ट गाईको सुरक्षाका निम्ति मन्त्रालय खडा गरिएको थियो र प्रहरीबाट राजनीतिज्ञ बनेका ओताराम देवासीलाई गाईमन्त्री बनाइयो ।

ओवासीले मन्त्री भएपछि ‘गाई कर’का रुपमा मेवाटमा कुनै पनि जग्गा जमीन खरिद गर्दा बीस प्रतिशत कर लगाए । यसरी उठेको गाई करबाट राजस्थानमा अलपत्र परेका गाईहरुका लागि २ हजार ३ सय गोठ बनाएर चलाउने योजना बनाए ।

उनले आफ्ना मातहतका ६ लाख ५० हजारमध्ये ८५ प्रतिशत गाईहरुलाई चोरीशिकार हुनबाट बचाउन एकै प्रकारको चिह्न पनि लगाए । तर सन् २०१६ मा सरकारले नै चलाएको गोठमा ५ सय गाई भोकभोकै मरेपछि  उनको यो काम र प्रतिष्ठामाथि निक्कै ठूलो आँच आयो ।

त्यसै वर्षको अगस्त महिनामा २८ ओटा अरु गाई मरेपछि उनको छविमा अझै गिरावट आयो किनकि राजस्थानमा गाई को बध गरेको अपराध ठहर भएमा १० वर्ष जेल जानुपर्ने प्राबधान छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया