सरकारको गलत नीतिका कारण शेयर बजारमा हलचल आयो : राप्रपा

 मंसिर २७, २०७५ बिहिबार १५:२०:५३ | उज्यालो सहकर्मी

काठमाडौं –  केही समययता पूँजीबजार सरकारको गलत नीतिका कारण हलचल हुन पुगेको र यसले शेयर बजारमा सर्वसाधारणको ठूलो लगानी जोखिममा पर्न सक्ने खतरा देखिएको भन्दै राप्रपाले गम्भीर ध्यानाकर्षण गराएको छ ।

आफ्नो लगानी सुरक्षित राख्न शेयर लगानीकर्ताहरु संगठित भै दबाब दिनुपर्ने र अनसन समेत बस्नुपर्ने अवस्थाको सिर्जना हुनु अर्थतन्त्रको शुभ सूचक नभएको राप्रपाका कोषाध्यक्ष तथा अर्थिक विभागका प्रमुख उद्धव पौडेलले प्रेस नोट जारी गर्दै बताउनुभएको छ । 

पूँजी बजारको अवस्थालाई सामान्य पार्दै सर्वसाधारण र शेयर लगानीकर्ताको हित र अधिकारप्रति समयमै गम्भीर बन्न तथा समस्याको समाधानका लागि आवश्यक पहलकदमी लिन राप्रपाले सरकारसँग माग गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया