हिमालयन शेर्पालार्इ दुर्इ-शून्यले हराउँदै संकटा लिग तालिकामा मनाङसँगै शीर्षस्थानमा

 मंसिर २७, २०७५ बिहिबार १६:५१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

पल्सर शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले सातौं जित निकालेको छ ।

बिहीबार भएको खेलमा संकटाले हिमालयन शेर्पालाई दुई शून्यले हरायो । जसका कारण उसले लिगको शिर्ष स्थानमा रहेको मनाङसँग अंक बराबरी गर्न सफल भयो ।

सातदोबाटोमा रहेकाे एन्फा मैदानमा जारी खेलमा संकटाले १५ मिनेट भित्रमा नै दुई गोल गर्यो । सुरुवातदेखि नै आक्रमणमा उत्रिएको संकटाले खेलको ११ औं मिनेटमा पहिलो गोल गर्यो ।

उसका लागि सेड्रिक अवाले गोल गरे । त्यसको तीन मिनेटपछि नै शेर्पाको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै संकटाले अर्को गोल थप्यो । अमित तामाङको प्रहार शेर्पाका डिफेन्स लाइनले क्लियर गर्न ढिलो गर्दा दिपेश आलेमगरले रिबाउन्डमा गोल गरे ।

त्यसपछि पहिलो हाफमा दुवै टिमबाट थप गोल भएन । पहिलो हाफमा दुई गोलको अग्रता लिएको संकटाले दोस्रो हाफमा पनि केही अवसर पाए पनि सफल भएन ।

लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लब जाउलाखेलसँग १–० ले स्तब्ध बन्यो । हलचोक मैदानमा एपीएफ क्लबले खेलको तेस्रो मिनेटमा नै एपीएफले पाएको मौकालाई सदुपयोग गर्न सकेन । सातौं मिनेटमा उसले फेरि अर्को अवसर पाएको थियो । तर त्योपनि सफल भएन ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४९ औं मिनेटमा विदेशी खेलाडी अफिज लावलले गोल गर्दै जाउलाखेललाई अग्रता दिलाए । त्यसपछि एपीएफ खेलमा फर्कन धेरै प्रयास गरेपनि सफल भएन र प्रतियोगितामा चौथो हार ब्यहोर्न बाध्य भयो । यता जाउलाखेलले दोस्रो निकाल्यो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया