प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
सप्तरी – सप्तरीको रुपनी गाउँपालिका वडा नं–६, मा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.५ प. १६५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका सिराहाको सखुवानकट्टी गाउँपालिका–१, का २३ वर्षीय रितेश चौधरी घाइते भएका थिए । घाइते चौधरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको तथा चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता भावेश रिमालले जानकारी दिनुभयो ।