शेयर बजारमा सामान्य सुधार

 मंसिर २७, २०७५ बिहिबार १७:२८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शेयर बजार परिसूचक नेप्से आज बढेको छ । 

आज नेप्से ७ दशमलब ६ अंकले बढेर ११ सय ४८ दशमलब ७८ विन्दुमा पुगेको छ । आज जीवन बीमा समूहको शेयर ३० अंकले बढेको छ यस्तै निर्जीवन बीमा कम्पनी समूहको शेयर ६५ अंकले बढेको छ । 

बैंक र विकास बैंक समूहको शेयर झण्ढै ९ अंकले बढेको छ । आज फाइनान्स, अन्य र होटल समूहको शेयर भने सामान्य घटेको छ । नेप्से बढेपछि कारोबार रकममा पनि सुधार आएको छ । 

हिजो २६ करोड ८८ लाख रुपैयाँका शेयर किनबेच भएकोमा आज ३२ करोड २३ लाख रुपैयाँ बराबरका ९ लाख ९७ हजार कित्ता शेयर किनबेच भए ।  

शेयर बढेसँगै आज नागबेली लघुवित्त विकास बैंकका शेयरधनीले साढे ५ प्रतिशत कमाएका छन् । आज सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले भने सबैभन्दा धेरै साढे ३ प्रतिशत गुमाएका छन् ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया