सिरहामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, अाराेपितहरु फरार

 मंसिर २७, २०७५ बिहिबार १७:४५:५ | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा – सुखिपुर नगरपालिका–६, खरहीटोलमा बुधबार बेलुकी एक बालिका सामूहिक बलात्कारको शिकार भएकी छिन् । 

बुधबार बेलुका घरबारीमा पिसाब फेर्न निस्केकी १२ वर्षीया बालिकालाई दुईजना युवाहरुले मुख थुनेर नजिकैको खेतमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

सिरहाको सुखिपुर नगरपालिकामा एक महिनाभित्र भएको यो दोस्रो सामूहिक बलात्कारको घटना हो ।

छोरी निकै बेरसम्म नआाएपछि खोजतलास गर्दा खेतमा भेटिएको पीडितको अभिभावकलाई उदृत गर्दै प्रहरीले जनाएको छ । छोरी चिच्याएपछि बलात्कारमा संलग्न दुवैजना भागेको अभिभावकको भनाई छ । 

घटनामा संलग्न दुवै जना युवाहरु गाउँकै भएको प्रहरीले जनाएको छ । अनुसन्धानमा असर पर्ने भन्दै पीडकहरुको नाम सार्वजनिक गर्न नसकिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलले बताउनु भयो । 

पीडित बालिकाको जिल्ला स्वास्थ्य कार्यालय सिरहामा स्वास्थ्य परीक्षण भइसकेको पनि प्रहरीले बताएको छ । प्रहरीका अनुसार फरार दुवै युवकहरुको खोजी भइरहेको छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया