दोस्रो टेस्ट अगाडि भारतलाई झट्का: अाश्विन, राेहित र पृथ्वी श टिमबाहिर

 मंसिर २७, २०७५ बिहिबार १८:२०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाकाे पर्थमा शुक्रबारदेखि सुरु हुने अष्ट्रेलियाविरूद्धको दोस्रो टेस्ट क्रिकेट अगाडि भारतलाई झट्का लागेको छ ।

दोस्रो टेस्टमा भारतका तीन जना मुख्य खेलाडी नखेल्ने भएकाले भारतमाथि दबाब बढेको छ ।  युवा ब्याट्सम्यमान पृथ्वी श का साथै रविचन्द्रन आश्विन र रोहित शर्मा दोस्रो टेस्टमा चोटका कारण नखेल्ने भएका हुन् ।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले बुधबार सार्वजनिक गरेको १३ सदस्यीय खेलाडीको सूचीमा विराट कोहली, मुरली विजय, केएल राहुल, चेतेश्वर पुजारा, अजिंक्या रहाणे, हनुमा विहारी, ऋषभ पन्त, रवीन्द्र जडेजा, इशान्त शर्मा, मोहम्मद शामी, जसप्रीत बुमराह, भुवनेश्वर कुमार र उमेश यादव रहेका छन् ।

चार टेस्ट म्याचको श्रृंखलामा भारत १–० ले अगाडि रहेको छ । शुक्रबारदेखि सुरुहुने दोस्रो टेस्ट जितेमा कप्तान विराट कोहलीले विदेशी भूमीमा म्याच जित्ने सौरभ गांगुलीको रेकर्ड बराबरी गर्ने छन् ।

अष्ट्रेलियाका प्रतिभाशाली टेस्ट ब्याट्सम्यानहरु स्टिभ स्मिथ र डेभिड वार्नर प्रतिबन्धमा रहेका बेला पारेर उसकै भूमिमा श्रृंखला जित्ने सुवर्ण अवसर रहेकाे बेला भारतका कप्तान विराट काेहलीलार्इ अाश्विन, राेहित र श घाइते हुनुले अभिष्ट पूरा गर्न त्यति सहज देखिँदैन ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया