राष्ट्रपतिलाई खेलौना गाडी पुर्‍याउन गएको समूहको फोटो खिचेको भन्दै फोटो पत्रकार शाह पक्राउ

 मंसिर २७, २०७५ बिहिबार १९:२७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – देश सञ्चार डट कमकी फोटो पत्रकार वर्षा शाहलाई राष्ट्रपति कार्यालय शीतल निवास बाहिर समाचार संकलनका क्रममा बिहीबार अपराह्न प्रहरीले गिरफ्तार गरेको  छ । 

सर्वसाधारणसँग एक–एक रुपैयाँ उठाएर राष्ट्रपतिलाई प्रतीकात्मक रुपमा गाडी पुर्याउन पुगेको समूहको फोटो खिच्दै गर्दा साढे ४ बजे  शाहलाई नियन्त्रणमा लिएको थियो । महाराजगञ्ज प्रहरीले झण्डै ३ घण्टा हिरासतमा राखेर उनलाई रिहा गरेको छ । साथै प्रहरीले आफूबाट गल्ती भएको बताउँदै माफीसमेत मागेको छ ।

घटनाको फोटो पत्रकार क्लब, नेपालले  घोर भत्सर्ना  गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै क्लबले फोटो पत्रकारलाई तस्बिर खिचेकै कारण गिरफ्तार गर्नु प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको  ठाडो प्रहार भएको बताएको छ । 
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया