हुम्लामा कैदीले प्रहरीको आँखामा खुर्सानीको धुलो फ्याँके

 मंसिर २७, २०७५ बिहिबार १९:३८:२२ | रमेश ऐडी

हुम्ला – जिल्ला प्रहरी कार्यालय हुम्लाको प्रहरी हिरासतमा रहेका थुनुवा बन्दीले ड्यूटीमा रहेका प्रहरीको आँखामा खुर्सानीको धुलो हालेर भाग्न खोजेका छन् । 

बुधबार बिहान अँध्यारैमा बन्दीले हिरासतबाट शौचालय जाने भन्दै बाहिर निस्केपछि चारचाउमा रहेको धुलो खुर्सानी प्रहरीको आँखामा फालेका हुन् । 
मंसिर पहिलो साता  घरेलु भरुवा बन्दुकले गाउँकै एकजनाको हत्या गरेका सर्केगाड गाउँपालिका–२, रिप गाउँका गंगे महताराले प्रहरी जवान सुरेन्द्र सिंहको आँखामा

खुर्सानी हालेको जिल्ला प्रहरी कार्यलय हुम्म्लाका प्रमुख रविन श्रेष्ठले बताउनुभयो । 
घटनाको अनुसन्धान भैरेहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया