भाउजुको जग्गा हडप्न देवरको चलाखी, वडाध्यक्षकै मिलेमतोमा घरमै बन्धक बनाइयाे

 मंसिर २८, २०७५ शुक्रबार ८:२२:१७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ९ पत्थरगाडाका एकल महिला सीतादेवी शर्मालाई वडाध्यक्ष कर्णदेव चौधरीको निर्देशनमा गएको चार दिनदेखि बन्धक बनाइएको घटना सार्वजनिक भएको छ ।

वडाध्यक्ष चौधरीले सीतादेवीका देवर विहारी शर्मासँग मिलेर षड्यन्त्रपूर्वक सीतादेवीको नामको जग्गा उनकै देवरको नाममा गरिदिन भनेपछि नमान्दा विहारीका छोराहरू वीरेन्द्र, परमेश्वर, वसन्त र रामअवतारलाई निर्देशन दिएर थुन्न लगाइएको सीतादेवीको आरोप छ ।

१ कट्ठा ८ धुर जग्गाकोको विषयलाई लिएर आफ्नै देवरले जालझेल गर्न थालेपछि सीतादेवीले अदालतबाट छिनोफानो गर्ने भनेकी थिइन् । तर यो कुरा समाजमै मिलाउन दबाब दिँदै वडाध्यक्ष चौधरीले सबैतिरबाट बाटो अवरुद्ध गर्न लगाएर आफूहरुको परिवारलाई बन्धक बनाएको सीतादेवीले बताउनुभयो ।

आफूलाई घरभित्रै गराइएको बन्दीबारे गाउँ तथा प्रहरी चौकी पथरगाढामा जानकारी गराए पनि वडाध्यक्षको प्रभावले कसैले पहल नगरेको सीताको दुखेसो छ । घर बाहिर आउजाउ गर्ने चारैतिरको बाटो थुनिँदा यतिबेला सीताको २ बुहारी र ६ नाति नातिना गरी ९ सदस्यीय परिवार बन्धक बनाइएका छन् ।

बन्धकपछि बालबालिकाहरू विद्यालय जान पाएको छैनन् भने पशुचौपयासमेत तीनदेखि भोकभोकै छन् । तर वडाध्यक्ष चौधरीले भने परिवार बन्धक बनाइएको बारेमा आफूलाई जानकारी नभएको बताउनुभएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया